सर्वज्योति आमा समुहले गर्यो मृगौला रोगी न्यौपाने १५ हजार १९५ रुपैया सहयोग

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । व्यास नगरपालिका वडा नं १० सेवरको सर्वज्योति आमा समुहले मृगौला रोगी कृष्ण न्यौपानेलाई १५ हजार १९५ रुपैया सहयोग गरेको छ । समितिका अध्यक्ष रिता न्यौपानेको सहितका पदाधिकारीहरु उपस्थित भई न्यौपानेलाई उक्त रकम सहयोग गरेका हुन् ।
आमा र बुबा दुवै नभएका, निम्न आर्थिक अवस्था भएका मृगौला रोगी न्यौपाने रकमको अभावमा मृगौला प्रत्यारोपण गर्न सकिरहेका छैनन् भने सहयोग अभियान संचालन भएपछि स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले न्यौपानेलाई भेटी सिधै कृष्ण न्यौपानेको खातामा रकम जम्मा गरिदिएका छन् ।
आर्थिक सहयोग जुटेपछि मृगौला प्रत्यारोपण गरिने हप्ताको २ पटक डायलासिस गरिरहेका न्यापौनेले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?