तनहूँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँद्धारा अनधिकृत बोर्ड राखेर सार्वजानिक यातायात संचालन गर्ने सवारी कारबाही थालेको छ । यात्रुहरु बोर्डमा देखेर चढेर गए पछि बोर्डमा लेखेको ठाउमा सम्म नपुर्याउने गरेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालयले यस्ता बोर्ड राख्नेलाई बस, माईक्रोलाई कार्वाही गर्न सुरू गरेको छ ।
अनधिकृत बोर्डहरु राखेर यात्रुलाई भ्रम पार्ने गरि सञ्चालन भैरहेका बसहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही थालेको हो ।
चेकजाँचका क्रममा पुग्नुपर्ने स्थान भन्दा फरक स्थान जाने अनधिकृत बोर्ड राखेर यात्रुलाई ढाँट, छल गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही अभियान थालेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । चेकजाँचका क्रममा ६० वटालाई बस, माईक्रोलाई कारवाही गरिएको रानाभाटले बताउनुभयो।
आम नागरिकको गुनासो सम्बोधन गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम अन्तरगत उक्त कार्य गरिएको ट्राफिक प्रहरी अनिल पाण्डेले जानकारी दिनुभयो ।











