जनसांस्कृतिक महासंघ तनहूँको भेला दमौलीमा सम्पन्न

  • ख-
  • ख+

तनहूँ । जनसांस्कृतिक महासंघ तनहूँको भेला शनिवार दमौलीमा सम्पन्न भएको छ । जनसांस्कृतिक महासंघ केन्द्रिय सदस्य एबं तनहूँका इन्चार्ज पृथ्वी भुजेलको अध्यक्षता उक्त भेला आयोजना भएको थियो । भेलामा निवर्तमान सांसद केदार सिग्देल प्रमुख अतिथि रहनुभएको थियो । उक्त भेलामा व्यास नगरपालिका वडा नं. ४ का अध्यक्ष विश्व न्यौपाने , सचिबालय सदस्य तथा कार्यलय सचिब राजेस्वर ढकाल, नेकपा ओली समुहका युबा नेताहरु श्रीप्रसाद श्रेष्ठ , देवान गुरुङ, हरिराज कडेंल, प्रदिपराज अधिकारी, जनसांस्कृतिक महासंघ केन्द्रिय सदस्य सुबास मल्ल, जनसांस्कृतिक महासंघका केन्द्रिय सचिबालय सदस्य मनकुमार श्रेष्ठ लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।

उक्त भेलामा सन्दिप परियारको नेतृत्वमा तनहूँ जिल्लाको नया समिति गठन गरेको छ । उक्त कार्यसमिति पदाधिकारीहरुमा कल्पना भण्डारी सचिव रविन्द्र खाति, सह सचिव सुरज भिरखोईरे, कोषाध्यक्ष चुडामणी थापा चयन गरिएको थियो ।
उक्त नबगठित समितिलाई जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य कृष्ण भण्डारीले सपथ ग्रहण गराउनु भएको थियो। महासंघका सचिब रबिन्द्र खातीले सन्चालन गर्नु भएको कार्यक्रममा महासंघ सदस्य पुर्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?