तनहूँ । व्यास नगरपालिकाुँले २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा २०८१ माघ २ गते बुधबारका दिन “भूकम्पले सिकाएको पाठःबलीयो संरचना र सुदृढ पूर्वतयारीका साथ” भन्ने मुल नाराका साथ विशेष सचेतना सभा आयोजना गर्यो । नगर प्रमुख श्री बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम व्यास नगरपालिकाको सभाहलमा विभिन्न कार्यक्रमहरूसहित भव्यताका साथ सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका माननीय अशोक कुमार श्रेष्ठ प्रमुख आथित्यतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका उप–प्रमुख ईन्दिरा दरै, सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारी तथा व्यास नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत काशिराम गरै विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए भने जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि जिल्ला स्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, जिल्ला समन्वय समितिका प्रतिनिधि ,रेडक्रस, पत्रकार महासंघ, उद्योग वाणिज्य संघका प्रतिनिधि, सेना, प्रहरी, सशस्त्र प्रहरी प्रतिनिधी अतिथिका रुपमा साथै टोल विकास संस्थाका प्रतिनिधिहरू, परामर्शदाता, निर्माण व्यवसायी, आयोजक संस्थाका जनप्रतिनिधि तथा कर्मचारीसहित करिब २०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा १९९० को महाभूकम्पको स्मृतीमा दिउँसो २ः२४ बजे “घुँडाटेकी गुडुल्की ओत लागि समात” को अभ्यास गरिएको थियो । कार्यक्रममा सहभागीहरुले निम्न भनाईहरु उद्घोष गर्दै एक अर्काको हात समाती माथी उठाएर सामुहीक एक्यबद्धता सहित सामुहीक प्रतिबद्धता जनाएका थिए ।
क) म भूकम्पीय जोखिममा सुरक्षित हुने उपायहरु सिक्नेछु, परिवारको सबै सदस्यहरुलाई सिकाउनेछु ।
ख) मैले बनाउने घर भूकम्प प्रतिरोधी बनाउनेछु ।
ग) मेरो समुदायमा भूकम्पीय जोखिम न्युनीकरण सम्बन्धी जनचेतना अभिवृद्धिमा लाग्नेछु ।
कार्यक्रममा ई. रविन्द्र लाल मूल र ई. अमृत के.सी. ले भूकम्पका सम्बन्धमा प्रस्तुति दिएका थिए भने कार्यक्रमको सञ्चालन ई. सुवास गौतमले गरेका थिए । कार्यक्रममा सहभागी विभिन्न प्रतिनिधिहरूले भूकम्पीय सुरक्षाका विविध पक्षमा तथा नगरपालिकाले आगामी दिनमा गर्नुपर्ने कार्यहरुको सुझाव सहित आफ्नो मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि गण्डकी प्रदेश माननीय अशोक कुमार श्रेष्ठ तथा सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले कार्यक्रमको महत्वलाई उजागर गर्दै व्यास नगरपालिकाको यो प्रयासले समुदायमा भूकम्पीय सुरक्षाका उपायहरूबारे सचेतना जगाउन ठूलो योगदान पुर्याएको विश्वास व्यक्त गर्दै आ–आफ्नो मन्तव्य राखेका थिए ।
नगर प्रमुख श्री बैकुण्ठ न्यौपानेले भूकम्पीय सुरक्षाका लागि जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमले ठूलो भूमिका खेल्ने कुरा औंल्याउदै, आफ्ना विचार प्रस्तुत गर्दै कार्यक्रमको समापन गरेका थिए ।








