दमौलीको एमाले पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखियो

  • ख-
  • ख+

तनहूँ । सर्वोच्च अदालतले नेकपा एमाले ब्यूँताइदिएपछि तनहूँको दमौलीमा रहेको दमौलीको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीबाट देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको थियो त्यसै अनुरुप बोर्ड फेरिएको उक्त अवसरमा सहभागी एक कार्यकर्ताको भनाई रहेको थियो । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?