आफ्नो कार्यालय सिगार्दै माओवादी तनहूँः पार्टीको बोर्ड राखियो

  • ख-
  • ख+

तनहूँ । सर्वोच्च अदालतद्वारा ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएपश्चात तत्कालिन नेकपाका नेता तथा कार्यकर्ताहरु आ आफ्नो पुरानो पार्टीमा फर्कने र आफ्नो पार्टी कार्यालयको झण्डा फेर्ने क्रम चलिरहेको छ । त्यसैक्रममा तनहूँ जिल्लामा पनि नेकपा माओवादी केन्द्रले आफ्नो जिल्ला पार्टी कार्यालयमा नयाँ बोर्ड राखेको छ । विशेष गरि तत्कालिन वाईसिएल र विद्यार्थी संघसंगठनमा आवद्ध भई विभिन्न पदमा रहनुभएका युवा नेताहरुले आज पार्टी कार्यालय प्राङ्गढ सरसफाई गर्नुका साथै पार्टीको बोर्ड राख्ने काम गर्नुभएको थियोे । उक्त अवसरमा तत्कालिन नेकपाका जिल्ला सदस्य एवं युवा नेता ईश्वर बत्स्याल, डम्बर बि. क. ,बादल आले, निर्दोष भट्टराई, अरविन भट्टराई, सुदिन पौडेल , भुवन ढुंगेल, एच् बि मगर लगायतका युवा नेताहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा युवा नेता ईश्वर बत्स्यालले सम्माननिय प्रधानमन्त्री केपीले हठका कारण कम्युनिष्ट आन्दोलन सकिने अवस्थामा पुर्याउन लागेपनि अब माओवादी केन्द्रले त्यसलाई पुनर्जिवन दिने र नयाँ आशा र जोशका साथ पार्टीलाई अगाडि बढाउने बताउनुभएको थियो । साथै वहाँले जालझेलको राजनीति सधै नचल्ने र सर्वहारा वर्गको उत्थानको लागि माओवादी नै चाहिने बताउनुभएको थियो । उक्त अवसरमा सहभागी युवाहरुले कार्यालय हातामा उम्रेका झारपातहरु उखेल्नुका साथै फोहोर चिजहरुलाई पोल्नुभएको थियो ।
करिब ४०, ४१ महिना अघि नेकपा एमाले नेकपा माओवादी केन्द्र बिच एकिकरण भएपश्चात व्यास ३ अनसन चौतारी नजिकै रहेको नेकपा एमालेको कार्यालयबाट पार्टीका कार्यहरु हुदै आएका हुनाले माओवादी केन्द्रको तनहूँको जिल्ला कार्यालय भातृ संगठनहरुका कार्यालयहरु संचालन हुने गर्दथे ।
नेकपा माओवादी केन्द्र तनहूँको पार्टी कार्यालय सफासडक ट्राफिक कार्यालयबाट ६० – ७० मीटर माथी व्यास नगरपालिका वडा नं ४ पुरानो फिल्म हल नजिकै रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?