व्यवसायी जोशीद्धारा डुम्रेको मन्दिरमा घण्टा हस्तान्तरण

  • ख-
  • ख+

तनहूँ । वन्दिपुर गाउँपालिका वडा नं. १ डुम्रेबजारका युवा व्यवासायी, होटल हाम्रो चुल्होका संचालक लक्ष्मण जोशी, वहाँकी धर्मपत्नी प्रमिला जोशी र वहाँकी सुपुत्री पलक जोशीद्धारा बन्दिपुर गाउपालिका वडा नं. १ डुम्रेबजारमा रहेको श्री सत्य शक्ति दैव्यू भगवानको मन्दिरमा घण्टा हस्तान्तरण गर्नुभएको छ । श्री सत्यशक्ति दैव्यू भगवानको प्रतिमा प्रतिस्थापन गरिएको ७ औं बर्ष पुरा गरि ८ औं प्रवेश गरेको पावन अवसरमा वहाँहरुले मन्दिरकी संरक्षक ताथ गुरुआमा लक्ष्मी बाँनियालाई घण्टा हस्तान्तरण गर्नुभएको हो ।
‘आमा स्वर्गिय कवाचिनी जोशी, स्वर्गिय ममी जुनमाया जोशी नाममा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको र यसपटक श्री सत्य शक्ति दैव्यू भगवानको मन्दिरमा घण्टा दान गरेको” व्यवसायी लक्ष्मण श्रेष्ठले बताउनुभएको थियो । उक्त अवसरमा मन्दिरकी संरक्षक बाँनियाले ”मन्दिरलाई सम्झेर यसरी भक्तजनहरुले दान गर्दा निजलाई पुण्य मिल्ने ” बिश्वास व्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्