तनहूँ । ऋषिगं गाउँपालिका वडा नं. १ धरापानीमा स्कुटर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि ऋषिगं गाउँपालिका वडा नंम्बर ४ का स्कुटर चालक सन्देश गजमेरको मृत्यु भएको छ । उक्त दुर्घटना घाईते भएकी ऋषिगं ४ कै पवित्रा रानाभाटलाई थप उपचारको लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक युवराज तिमल्सेनाले बताउनुभएको छ ।
उक्त सडक खण्डको धारापानीमा नै हिजो मंगलवार जिप दुर्घटना भएको थियो ।








