तनहूँ । गण्डकी प्रदेश कार्यालयले जिल्ला प्रहरी कार्यालय तनहूँलाई सम्मान गरेको छ । गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापनमा प्रभावकारिता ल्याई सवारी दुर्घटना न्यूनिकरण गर्ने कार्यलाई प्रभावकारी भुमिका खेल्दै उच्च कार्यकौशल देखाएकोमा जिल्ला ट्राफिक कार्यालय तनहूँ सम्मानित गरिएको हो ।
सवारी दुर्घटना न्यूनिकरण गर्ने कार्यलाई प्रस्तिष्पर्धी बनाउने उद्वेश्य अनुरुप गण्डकी प्रदेश ट्राफिक कार्यालयद्वारा तयार गरिएको अन्तर ईकाइ कार्य सम्पादन मुल्याङकन २०७७ अन्तर्गत बनाईएको ४२ बुँदे कार्य सम्पादन मुल्याङकन फाराम अनुसार २०७७ साल चैत्र महिनामा तनहूँ प्रथम भएको हो । उक्त कार्य सम्पादन मुल्यांकनमा गोरखा जिल्ला द्धितिय हुन सफल भएको थियो । प्रथम र द्वितिय हुन सफल जिल्लाहरु क्रमशः जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रमका बिच कार्यालयका प्रमुख प्रहरी उपरिक्षक प्रभु प्रसाद ढकालले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियोे ।








