विवेकशील साझा पार्टीले नेपाल(नेवारी) भाषा सिकाउदै

  • ख-
  • ख+

काठमाण्डौ । विवेकशील साझा पार्टीले जेठ १ गतेदेखि नेपाल (नेवारी) भाषा प्रशिक्षण कक्षा पुनः शुरु गर्न लागेको छ । वाग्मती प्रदेश सम्पदा तथा वातावरण विभागको समन्वयमा नेपाल राष्टको लागि नेपाल भाषा अन्र्तगत उक्त भाषा प्रशिक्षण कक्षा राखिएको उक्त पार्टीले जनाएको छ ।
रितेश मल्ल प्रशिक्षक र सुमितदास रंजितकार सहजकर्ता प्रमुख रहने उक्त भाषा कक्षा जेठ १ गते ४ बजेबाट संचालन हुने छ । नेपाल भाषा सिक्न चाहने महानुभावहरुलाई Meeting ID: 472 1439 3112 र passcode: nepalbhasa रहेको उक्त पार्टीले जनाएको छ ।
आफ्नो कला , संस्कृति र भाषा माथि भईरहेको अतिक्रम रोक्न अनलाईन कक्षा मार्फत भईरहेको यस्तो प्रकारको भाषा प्रशिक्षण कार्यक्रमले निकै महत्वपूर्ण भुमिका खेल्ने संस्कृतिकर्मीहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?