दमौली शिरको तनहूँ कालिका मन्दिरलाई सिगारिदै

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ४ मा रहेको तनहूँ कालिका मन्दिरलाई सिगारिदैछ । दमौली बजारको शिरमा रहेको उक्त मन्दिरलाई अझ सुन्दर र आर्कषकको बनाउनको लागि मन्दिर जाने मोटरको बाटो करिब ११५ मिटर नालँ सहित आरसिसि ढलान र मन्दिर को चारै तर्फ भिरालो भागमा पर्खाल लगाउने काम भईरहेको छ ।
”पर्यटन बिभाग केन्द्रिय कार्यालय काठमाडौबाट तनहूँ कालिका शहिद शान्ति पार्कको लागि बिनियोजित ५० लाख बराबरको रकमबाट मन्दिरको चारै तर्फ भिरालो भागमा पर्खाल लगाउने काम भईरहेको छ भने व्यास नगरपालिकाबाट आर्थिक बर्ष ०७७/७८ को लागि विनियोजित १० लाख र व्यास नगरपालिका वडा नं. ४ बाट विनियोजित १० लाखबाट मन्दिर जाने मोटरको बाटो करिब ११५ मिटर नालासहित आरसिसि ढलानको काम भईरहेको ” तनहूँ कालिका शहिद शान्ति पार्कका महा- सचिव शुरेस वाग्लेले बताउनुभयो साथै वहाँले ”नेपालकै उत्कृष्ट पर्यटकिय स्थल बनाउने लक्ष्य अनुसार निर्माण कार्य भईरहेको र असार मसान्तसम्म सम्पूर्ण कार्य सक्नुपर्ने दायित्व रहेको ” बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्