प्यारालाईसिसका बिरामीलाई अस्पताल पुर्याउदै जेसिआई व्यास नगर

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाभित्र निषेधाज्ञाको समयमा व्यक्तिगत तथा भाडाका सवारी साधन नचल्दा सम्म व्यास नगरपालिका र जिल्ला प्रसाशन कार्यालय तनहूको स्विकृति लिई नगरक्षेत्र तथा वरपरका बिरामी, गर्भवति , सुत्केरी, अशक्त तथा दुर्घटना उद्धारको लागि खटिएको व्यास नगर जेसिजको आज व्यास नगरपालिका वडा नं. ९ गजौडे निवासी आइत माया बि.क. प्यारालाईसिसको बिरामी भएकोले निजलाई थप उपचारको लागि दमौली अस्पतालसम्मको लागि निःशुल्क सवारी साधन उपलब्ध गराएको छ । जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालको नेतृत्वको टोलीले दैनिकजसो विभिन्न स्थानबाट मानिसहरुलाई सवारी सुविधा प्रदान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?