सुवर्ण अवसर ! सुवर्ण अवसर !! सुवर्ण अवसर !!!

  • ख-
  • ख+

यही August 12, 2021 International youth day को अवसरमा व्यास नगर युवा परिषद्, व्यास नगरपालिकाको कार्यालयको आयोजनामा व्यास नगरपालिकाको पर्यटन प्रवर्धनमा युवाहरुलाई जोड्ने उदेश्यका साथ संक्षिप्त भिडियो प्रतियोगिता( Short video competition) आयोजना गरिएको हुनाले सम्पूर्ण इच्छुक तनहुँ जिल्ला भित्रका 18-40 बर्ष भित्रका युवाहरुले सहभागिता जनाउन हुन अनुरोध गर्दछौं ।


१. कुनै पनि दर्ता शुल्क लाग्ने छैन ।
२. सहभागीले भिडियो व्यास नगरपलिका क्षेत्रभित्रका पर्यटकिय सम्भावना बोकेका ठाउँहरूको बारेमा बनाउन पर्नेछ ।
३. भिडियो HD 1080fps Format मा हुनुपर्नेछ ।
४. भिडियो बढीमा ५ मिनट सम्मको हुनुपर्नेछ ।
५. उक्त भिडियो यही २८ गते अन्तर्राष्टिय युवा दिवसको अवसरमा विशेष कार्यक्रम मार्फत व्यास नगरपालिकामा प्रदर्शन गरिने छ र पुरस्कृत गरिने छ ।
६. प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीलाई क्रमश १० हजार, ७ हजार र ३ हजार प्रदान गरिनेछ ।
‌७. उक्त भिडियो २७ गते सम्म vyasmunicipality@gmail.com वा नगरपालिकामा बुझाइ सक्नुपर्नेछ ।
थप जानकारीको लागि सम्पर्कः 9846471248, 9856070102, 9801300113

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्