नेका व्यास नगर सचिवमा उद्धव पौडेलको दावी

  • ख-
  • ख+

तनहूँ । युवाहरुले राजनितिमा पाईला चाल्न सकेनन् , युवाहरु बुढा नेताहरुका पिछलग्गु भए भन्ने आरोप लागिरहेका बेला नेपाली कांग्रेसको अधिवेशनमा थुप्रै युवाहरु जुर्मुराएका छन् । नेपाली का्रेसको आउदै गरेको नगर अधिवेशनमा व्यास नगरमा युवा तथा विद्यार्थी नेता उद्धव पौडेलले उमेदवारी दिनुहुने भएको छ । सबैले सधै युवाहरुले केहि गरेनन् भन्ने आरोप लगाईरहेका बेला मैले नगर सचिवमा उमेदवारी दिन लागेको छु । ”बिद्यार्थी नेतृत्वको विभिन्न पद तथा पार्टीमा गरेको काम र मेरो लगाव र क्षमता देखेर सबै प्रतिनिधिहरुले विश्वास गर्नुहुनेछ भन्ने आशा छ ”आफुलाई व्यास नगरको सचिवको उमेदवार बताउने उद्धव पौडेलको भनाई छ ।
राजनितिक परिवारमा हुर्कनुभएका पौडेलले २०५९ सालमा सत्यवति मा.वि.मा नेबिसंघ ईकाईको अध्यक्ष, ने बि संघ आदिकवी भानुभक्त क्याम्पस को अध्यक्ष लगायतका विभिन्न पदमा काम गरि नेविसंघको नेतृत्व स्थापित गर्न विभिन्न भुमिका खेल्दै हाल नेबिसंघ जिल्ला कार्य समितिको सदस्य रहदासम्म लोकतन्त्र प्राप्ति र जनजिविकाको सवालमा थुप्रै आन्दोलन गरिसक्नुभएको छ । पौडेललाई बिद्यार्थीमाझ भिजन भएको विद्यार्थी नेताको रुपमा परिचित हुनुहुन्छ ।
”बिद्यार्थी राजनितिमा आर्जेको अनुभव, विभिन्न आन्दोलनको सहभागिता, अग्रजहरुसग सिकेको संस्कार र पार्टीलाई बलियो बनाउने भिजन र दृढ निश्चय नै मेरो उमेदवारीको बल हो आशा छ सबैले व्यास नगरको सचिव बनाउनुहुनेछ ” उद्धव पौडेलको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?