धनुषामा युवकको घाँटी रेटेर हत्या

  • ख-
  • ख+

धनुषामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।

नगराइन नगरपालिका–५ स्थित नवटोलीबाट गंगुली जाने बाटोमा आइतबार शव फेला परेको प्रहरीले जनाएको छ।

मृतक सिरहाको मिर्चैया नगरपालिका बस्ने ३५ वर्षीय संजिव पंडित रहेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।

प्रहरीका अनुसार पंडितको शरीरको पाँच ठाउँमा खुकुरी प्रहार गरिएको छ।

‘उनलाई मार्नुभन्दा पहिले झगडा भएको देखिन्छ। अरु ठाउँमा हतियार प्रहार गर्दा नमरेपछि अन्तितमा घाँटी रेटेको हुनसक्छ,’ एक प्रहरीले भने।

उनको साथमा विराटनगरबाट प्रकाशित हुने उडान टाइम्सको प्रेस परिचय पत्र पनि भेटिएको छ। साथै पेचकस र पिलास बरामद भएको एसपी रानाभाटले जनाए।

मृतक पंडितको जनकपुरस्थित पौडेसरमा ससुराली रहेको र त्यहाँ आउँदा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटना विषयमा थप अनुसन्धान भइरहेको एसपी रानाभाटले बताए। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?