अजित पन्थको पहलमा प्यारालाईसिसका बिरामीलाई मासिक ६ हजार सहयोग

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ११ पोल्यागंको बसन्तटोलमा बस्ने प्यारालाईसिसकी बिरामी सुकमाया आलेका छोराछोरीलाई पोखरामा रहेको एस्. ओ . एस् . बालग्रामले आर्थिक सहयोग गरेको छ । निज आलेका बाराही मा. वि. फराकचौरमा अध्ययनरत छोरी कृपा आले र छोरा सामधान आलेलाई एस् . ओ . एस् . बालग्रामले मासिक ६ हजार अध्ययनको लागि उपलब्ध गराउदै आएको छ । आले परिवारलाई सहयोग जुटाउन ” उक्त क्षेत्रका बासिन्दा र हाल व्यास नगरपालिका वडा नं. ३ मा बसोवास गर्ने समाजसेवी अजित पन्थले महत्वपुर्ण भुमिका खेल्नुभएको” प्यारालाईसिस बिरामी सुकमायाआलेले बताउनुभएको छ । ”पन्थको पहलमा पाएको सहयोगले छोराछोरीलाई अध्ययन गराउन ठूलो सहयोग पुगेको” पनि आलेले बताउनुभएको छ ।
आमा प्यारालाईसिसकी बिरामी बुबा पनि अपांग भएको कारण सहयोग जुटाउन पहल गरेको र अझै दाताहरूको खोजि गरिरहेको अजित पन्थले बताउनुभएको छ ।
”आफ्नै गाउँमा अपांग मान्छे भएको थाहा पाएर उनीहरुलाई राहतको खाँचो भएकोले एस् . ओ . एस् . बालग्रामसग समन्वय गरि मासिक रुपमा अध्ययन खर्च र अन्य सामाग्री उपलब्ध गराएको ” पन्थले बताउनुभएको छ साथै समय समयमा आलेको घरमा पुगी के कस्ता समस्याहरु छन् तिनलाई हल गर्ने प्रयत्न गर्ने गरेको पनि पन्थले बताउनुभएको छ ।
”हाल बाराही मा. वि. फराकचौरमा ७ र १ मा कक्षामा अध्ययनरत गरिरहेका कृपा र सावधान आलेलाई स्नातक तहसम्म अध्ययन गराउन सम्पूर्ण अध्ययन खर्च व्यहोर्ने’‘ पनि बालग्रामका प्रतिनिधि प्रकाश भुषालले बताउनुभएको छ ।
पन्थकै पहलमा उक्त परिवारलाई एक थान ह्विल चेयर, २ थान स्कुल झोला, कापी, कलम लगायत अध्ययनका लागि आवश्यक सामाग्रीहरु पनि उपलब्ध गराईएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्