प्रदिप अधिकारीको एमाले तनहूँको उपसचिवमा दावी

  • ख-
  • ख+

तनहूँ । नेकपा एमालेको जिल्ला अधिवेशन नजिकिदै गर्दा स्थानिय नेताहरुले विभिन्न पदमा उमेदवार बन्ने आकांक्षा देखाउनुभएको छ । युवा नेता प्रदिप अधिकारीले जिल्ला कमिटिमा उप सचिवको बन्नको लागि लविगं शुरु गर्नुभएको छ ।

”पार्टीको लागि दिनरात नभनिकन काम गरेको व्यक्तिले पदाधिकारीमा दावि गर्नुलाई सहज रुपमा लिनुपर्ने र नेतागणहरुले पनि त्यहि कुराहरुलाई आत्मासात गर्दै मौका दिनुपर्ने” उहाँको भनाई छ ।

दमौली अस्पतालको अध्यक्ष लगायतका विभिन्न पदहरुमा रहेर पार्टी राजनिति गरिरहनुभएका अधिकारीको आकांक्षालाई एमालेजनले स्वभाविकरुपमा लिएका छन् ।

यहि पौष २३ गते हुनलागेको जिल्ला अधिवेशनमा सर्वसम्मत जिल्ला अध्यक्ष लगायतका पदाधिकारीहरु चयनको रस्साकस्सी भईरहेको समयमा स्थानिय नेताहरुले पदाधिकारीमा पनि आफ्नो लविगं तिब्र बनाईरहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्