देउराली नगर सिकाई केन्द्रको अध्यक्षमा बगाले चयन

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ३ मा अवस्थित देउराली नगर सिकाई केन्द्रको दशौँ साधारणसभा तथा तेस्रो अधिवेशनले बाबुराम वगालेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । निबर्तमान अध्यक्ष बिष्णु भक्त न्यौपानेको अध्यक्ष्यतामा भएको भेलामा वडा नं. ३ का वडा सदस्यहरु रविन पौडेल, श्रीमाया बि. क., केन्द्रका सल्लाहकार माया सोति, निर्वाचन अधिकारी सरिता भण्डारी, लगायतले बोल्नु भएको थियोे ।
उक्त अवसरमा केन्द्रको आर्थिक प्रतिबेदन ओम बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमको सहजीकरण शान्ता सोतीले गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्