तनहूँका श्रेष्ठ काभ्रेमा आफन्तको घरबाट बेपत्ता

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला शुक्लागण्डकी नगरपालिका . वडा नं. १० बाङराङका तोलानारायण श्रेष्ठ (टीकाराम) काभ्रेबाट बेपत्ता भएका छन् । ४२ वर्षीय श्रेष्ठ २१ माघदेखि बेपत्ता भएका हुन् ।

काभ्रेको धुलिखेलस्थित आफन्तकोमा गएका उनी आफन्तकै घरबाट बेपत्ता भएको भाइ धननारायण श्रेष्ठले बताए । बिहान ४ बजे जुत्ता चप्पलसमेत नलगाइकन हराएका दाजु अझै फेला नपरेको उनको भनाइ छ ।

गहुँगोरो वर्णका श्रेष्ठले निलो रङ्गको जिन्स पाइन्ट र कालो, सेतो रंग मिश्रित ज्याकेट लगाएका थिए । ‘दाजुको रुमाल घरी घाँटीमा राख्ने घरी टाउँकोमा बाँध्ने बानी छ’, उनले भने ।

वैदेशिक रोजगारिको शिलशिलामा साउदी अरेबिया रहेका उनी दुई महिनाअगाडि घर फर्किएका थिए । १६ माघमा उनी तनहूँबाट काभ्रेस्थित आफन्तकोमा गएको परिवारले जनाएको छ । उनलाई देख्ने कसैले नजिकको प्रहरी कार्यालयमा वा ९८६९२७००१५, ९८२३५३६६०३ सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्