वर्ड लिंक दमौली शाखाद्धारा थापालाई निःशुल्क ईन्टरनेट सहयोग

  • ख-
  • ख+

तनहूँ । वर्ड लिंक कम्य्निकेशन दमौली शाखाद्धारा म्याग्दे वडा नं. ४ चोक्रे निबासी बर्ष ३२ को इम बहादुर थापालाई निः शुल्क ईन्टरनेट सेवा प्रदान गरेको छ । दुर्घटनामा परि बिगत ५ बर्ष देखि कम्मरदेखि तल पुरै भाग चल्न चलाउन नसक्ने थापालाई निःशुल्क ईन्टरनेट सेवा प्रदान गरेर सहयोग गरिएको उक्त शाखाका म्यानेजर मनोज मल्लले बताउनुभएको छ । साथै मानविय कर्तव्य सम्झेर पनि वर्डलिंकले ईन्टरनेट सेवा प्रदान गरेको मल्लको भनाई छ ।
दुर्घटना पश्चात कम्मरदेखि तल पुरै भाग चल्न चलाउन नसक्ने र कोठा भित्रै दिन रात बिताउनु परेको अबस्थामा वर्ड लिंकको तर्फबाट ईन्टरनेट सेवा प्राप्त गर्दा खुशी लागेको थापाले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्