आमा र छोरा दुवैलाई प्यारालाईसिस: सहयोग गर्दै राजापानी कलेस्ति दिगो समाज

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ९ कलेस्ति रानिपानी निवासी बुद्दि सागर पौडेलकी आमा प्यारालाईसिस रोगी ८४ बर्षिय रत्नमाया पौडेललाई कलेस्ति गजौडेका समाजसेवीहरुले आर्थिक सहयोग गर्नुभएको छ । कलेस्ति गजौडेका समाजसेवी व्यक्तिहरुले काठमाण्डौमा रहेर आफ्नो गाँउको लागि समाजसेवा गर्ने भावनाले स्थापित संस्था श्री राजापानी कलेस्ति दिगो समाजले विगत केहि महिनादेखि प्यारालाईसिस भएर थला पर्नुभएकी पौडेललाई पहिलो चरणमा ५ हजार ५० रुपैया सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष भक्त बहादुर गोदार क्षेत्रीको अगुवाईमा गएको टोलीले वहाँको घरमा उक्त रकम हस्तान्तरण गरेको हो । उक्त अवसरमा संस्थाका अध्यक्ष गोदार क्षेत्रीले भर्खरै गठन गरिएको संस्था भएको कारण आर्थिक सहयोगको लागि जोहो गरिररहेको र आगामी दिनमा आर्थिक सहयोग जारी राख्ने प्रतिवद्धता गर्नुभएको थियो । साथै वहाँले उपचारमा यसक्षेत्रका कोहि पनि मानिसहरुलाई आर्थिक अभाव नहोस् भन्ने आफ्नो संस्थाको उद्धेश्य रहेको बताउनुभएको थियो ।
उक्त अवसरमा संस्थाका सदस्य राजु आचार्य, नेपाल होटल व्यवसायी महसंंघको निवर्तमान अध्यक्ष अमृत भुजेल, सुनौलो नयाँ गोरेटो सहकारी संस्थाका अध्यक्ष बिष्णु अधिकारी, उक्त क्षेत्रमा लामो समयसम्म शिक्षण पेशा मार्फत सेवा प्रदान गर्नुभएका रामचन्द्र पौडेल र शिवशन्कर पौडेलको पनि उपस्थिति रहेको थियो ।
आर्थिक अवस्था कमजोर भएर उपचारको लागि गाहे परेको बताउने रत्नमायाका ६७ बर्षिय छोरा बुद्दि सागर पौडेल स्वयंलाई पनि प्यारालाइीसस भएर नवलपरासीमा उपचाररत हुनुहुन्छ । आमा र आफु दुवै प्यारालाईसिसको रोगी भएको कारण एकदमै नराम्रोसग आर्थिक अभावसग जुधेको बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्