कैलाश श्रेष्ठको अध्यक्षतामा डुम्रे साँस्कृतिक युवा परिवारको नयाँ कार्यसमिति चयन

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला बन्दिपुर गाँउपालिका डुम्रे बजारमा रहेको डुम्रे साँस्कृतिक युवा परिवारको २६ औं साधारण सभा तथा १३ औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट अधिवेशनबाट कैलाश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।


उक्त कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष बिक्की गुरुङ, सचिव शम्भु श्रेष्ठ , उपसचिव इश्वर नेपाल कोषाध्यक्ष बाबुल गुरुङ , र सदस्यहरुमा शिशिर श्रेष्ठ ,अबिजेस पिया,राजकुमारश्रेष्ठ ,रोमन श्रेष्ठ, धुर्ब श्रेष्ठ र सन्तोष श्रेष्ठ रहनुभएको छ ।

विभिन्न जातजातिहरुको बसोबास रहेको डुम्रेक्षेत्रलाई साँस्कृतिकरुपमा अझ देशभर परिचित गराउन आफ्नो कार्य समितिले काम गर्ने र सामाजिकक्षेत्रमा संस्थालाई सदा सक्रिय बनाईराख्ने नवनिर्वाचित अध्यक्ष कैलाश श्रेष्ठको भनाई रहेको छ ।
२०५० स्थापित डुम्रे साँस्कृतिक युवा परिवारले उक्त क्षेत्रमा स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्यहरु गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्