तनहूँमा २६५५ जनाले लगाए कोभिड विरुद्धको खोप

  • ख-
  • ख+

तनहूँ । कोरोना कोभिड १९ विरुद्धको खोप कोभिसिल्ड लगाउनको लागि तनहूँका विभिन्न स्थानमा जनप्रतिनिधि, स्थानिय निकायका कर्मचारी, अदालत, विद्युत प्राधिकरण, जनपद प्रहरी, सशस्त्र प्रहरी, पत्रकारहरु आउनेक्रम चलिरहेको छ । फागुन २ गतेबाट संचालन गरिएको खोप अभियान अन्र्तगत सरकारले तोको समुहलाई जिल्लाका विभिन्न स्थानबाट खोप सेवा प्रदान गरिरहेको छ ।

बुधवारसम्म २२०८ जना र बिहिवार ४४७ जना गरि जम्मा २६५५ जनाले खोप लगाईसकेको र अझै सरकारद्धारा लक्षित वर्गलाई खोप लगाउन सम्पर्क राख्नुहुन आग्रह गरिरहेको स्वास्थ्य कार्यालय तनहूँ प्रमुख शंकरबाबु अधिकारीले बताउनुभएको छ । वहाँका अनुसार खोप लगाउने व्यक्तिहरुलाई साधारण ज्वरो आउने भएपनि आत्तिनु पर्ने गरि कुनै साईड ईफेक्ट देखिएको छैन, त्यस्तो केहि असहज भएमा सिघ्र सम्पर्क गर्न आग्रह गरेको वहाको भनाई रहेकोे छ।

(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्