नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरको रक्तदान

  • ख-
  • ख+

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार ललितपुरको मंगलबजारमा आयोजित सो कार्यक्रमको विधीवत उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्शका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्लले गर्नुभएको थियो। उद्धघाटन पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै वरिस्ठ उपाध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्श ७० बर्ष पुगेको अवसरमा नेपाल महिला चेम्बरले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशिलता विकाससँगसगै सामाजिक उत्तर दायित्वलाई पुरा गर्ने निस्वार्थ भावनाका साथ अघि बढेको भन्दै साधुवाद व्यक्त गर्नुभयो । साथै वरिस्ठ उपाध्यक्ष मल्लले नेपाल चेम्बरको शाखा संजाल देशैभर बिस्तारित रहेको सन्दर्भ उल्लेख गर्दै अन्तर जिल्ला र नगर स्तरमा व्यवसायिक उत्पादनलाई प्रबर्धन गर्न केन्द्रले समन्वयको भूमिका निर्वाह गर्ने बताउनुभयो । वहाँले ललितपुरको उत्पादनलाई खपतका लागि अन्य भुभागसम्म पुर्याउन र अन्य क्षेत्रको उत्पादनलाई त्यस क्षेत्रसम्म ल्याउने गरि व्यापार आदानप्रदानमा सकृय रहन पनि ललितपुर चेम्बर सम्बद्ध व्यवसायीलाई आव्हान गर्नुभयो ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला चेम्बरले आयोजना गर्ने हरेक कार्यक्रममा चेम्बर अध्यक्ष एवम् वरिस्ठ उपाध्यक्ष सहित अन्य नेतृत्वको सल्लाह र सुझावलाई शिरोधार्य गर्दै आएको बताउदै नेतृत्वबाट सदैव साथ, सहयोग र समर्थन प्राप्त हुँदै आएको स्पस्ट पार्नुभयो। अध्यक्ष श्रेष्ठले रक्तदान जीवनदान भएकाले यस्तो पवित्र कार्यले मानव जीवन रक्षामा सानो भए पनि योगदान पुग्न जाने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रस्ट पार्नुभयो। साथै, वहाँले महिला चेम्बरले महिला उद्यमशिलता विकासका लागि शहर बजार मात्र नभई गाउँघर एवम् जिल्ला तहमा सकृय महिला उद्यमीका उत्पादनको बजारिकरणका लागि पनि अनलाइन प्लेटफर्म जस्ता प्रभावकारी कार्यक्रम पस्किएको बताउनुभयो ।

सो अवसरमा बोल्दै ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरको मंगलबजारमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा महिला चेम्बर र नेतृत्व प्रति आभार व्यक्त गर्दै महिला चेम्बरले प्रभावकारी कार्यक्रम गर्दै आएकोले ललितपुर चेम्बर नेतृत्वसँग सहकार्य गर्दै आपसी हितका लागि काम गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । साथै वहाँले ललितपुर पुरातात्विक महत्व बोकेको एतिहासिक धरोहरको क्षेत्र रहेको उल्लेख गर्दै यस् क्षेत्रको विकासमा ७० बर्षको पृष्‍ठभुमी बोकेको गर्विलो संस्था नेपाल चेम्बरले योगदान पुर्याउन सक्ने औल्याउनुभयो ।

त्यसैगरि कार्यक्रम माझ बोल्दै नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले आगामी अन्तरराष्ट्रिय महिला दिवस र चेम्बर ७० बर्ष पुगेको उपलक्ष्यमा मार्च ८, ९ र १० गते महिला चेम्बरले उत्सव तथा मेड इन नेपाल, मेक इन नेपाल( प्रदर्शनी कार्यक्रम गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रम माझ बोल्दै नेपाल महिला चेम्बरकी हेल्थ कमिटी संयोजक स्वरुपा श्रेष्ठले महिला चेम्बरले उद्यमका अलवा स्वास्थ्य क्षेत्रलाई समेत महत्व दिदै आएको बताउनुभयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष निर्मलभक्त शाक्यले समुदायको विकासमा सामुहिक प्रयासले ठुलो महत्व राख्ने बताउदै महिला चेम्बरको सत्प्रयास गर्व गर्न लायकको भएको उल्लेख गर्नुभयो ।

त्यसैगरि राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले महिला चेम्बरको गतिविधीलाई आफुले नजिकबाट नियाल्दै आएको उल्लेख गर्दै सक्षम र इमान्दारितापुर्वक व्यवसाय गर्न महिला चेम्बरले सबैलाई प्रोत्साहित गर्दै आएको बताउनुभयो।

कार्यक्रममा महिला चेम्बरका सल्लाहकारद्वय निलम ताम्राकार एवम् शान्ती शाक्य, महिला चेम्बरकी मिडिया कोअर्डिनेटर पृथ्वबिन्दु महर्जन, महिला चेम्बरका केन्द्रिय पदाधिकारी एवम् सदस्य, नेपाल चेम्बरकी निर्देशक सृस्‍टि त्रिपाठी, ललितपुर महिला चेम्बरकी अध्यक्ष सबिता सिंह एवम् कार्यसमितीका पदाधिकारी एवम् सदस्य, शुभेच्छुक आदीको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम माझ बाट महिला चेम्बर, ललितपुर चेम्बर, ललितपुर महिला चेम्बर, ललितपुर युथ चेम्बर सम्बद्ध र शुभेच्छुकहरुले रक्तदान गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्