नारायणी नदिको किनारमा संचालन आयो अर्गानिक Beach café: सुस्ताएको पर्यटन व्यवसाय मौलाउने बिश्वास

  • ख-
  • ख+

तनहूँ । कोरोनाले सुस्ताएको पर्यटन व्यवसायलाई उकास्नको चितवनको नारायणी नदिको किनारमा विच क्याफे ( Beach café ) संचालनमा ल्याईएको छ । यसभन्दा अगाडि नै मोटरवोट संचालन गरेको अल्टिमेट वाटर एड्भान्चर प्रा. लि. चितवनले उक्त क्याफे संचालनमा ल्याएको हो । उक्त क्याफेको एक कार्यक्रमका बिच होटल ब्यबसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले उद्घाटन गर्नुभयो । उक्त अवसरमा वहाँले “”मोटर बोट संचालन गरेर आन्तरिक ताथ बाह्य पर्यटकलाई आर्कषित गरेको अल्टिमेट वाटर एड्भान्चरले अर्गानिक खानेकुरा पाईने क्याफे संचालनमा ल्याएर फेरि अर्को पर्यटकहरुलाई रम्ने वातावरण प्रदान गरेकोमा धन्यवाद दिनुभएको थियो । उक्त अवसरमा अल्टिमेट वाटर एड्भान्चर प्रा. लि.का संचालक समितिका अध्यक्ष लेखनाथ पौडेल, प्रबन्ध निर्देशक मनोज न्यौपाने, संचालक समितिका सदस्य तारानाथ कडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।


क्याफेमा आफ्नै समुहद्धारा संचालित भरतपुर नगरपालिका वडा नं. १८ रमाईलो डाँडामा रहेको चाँदनी बहुउद्धेश्यिय कृषि फर्म प्रा. लि.मा उत्पादित कुखुरा, बाख्रा, हाँस र अर्गानिक तरकारीहरु प्रयोग गरिने ” अल्टिमेट वाटर एड्भान्चर प्रा. लि.का अध्यक्ष लेखनाथ पौडेलले बताउनुभएको थियो । साथै वहाँले “नारायणीको तिर मानिसहरुको रम्ने स्थान भएको र वाटर एड्भेन्चरले मनोरन्जन प्रदान गरिरहेकोमा अब क्याफेले मानिसलाई चितवनका स्वादिष्ट परिकारहरु ख्वाउने लक्ष्य लिएको ” बताउनुभएको थियो ।

भरतपुर महानगरपालिका वडा नं. १ को भगवति मार्ग नारायणी नदिको तिरमा क्याफे संचालनमा ल्याउनुभएको उक्त समुहले अल्टिमेट वाटर एड्भान्चर प्रा. लि. र बिच क्याफेमा “६ करोड लगानी गरेको ” प्रवन्ध निर्देशक मनोज न्यौपानेको भनाई रहेको छ ।
“मोटरवोटमा चढ्ने व्यक्तिहरुलाई विच क्याफेमा बिशेष छुटको व्यवस्था हुने र क्याफेमा खानेले मोटर वोटमा बिशेष छुटको व्यवस्था हुने स्किम संचालन गर्न लागेको ” संचालक समितिका सदस्य तारानाथ कडेंलको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्