चेम्बर अध्यक्ष श्रेष्ठ ट्रेड एक्सिलेन्स अवार्डबाट सम्मानित

  • ख-
  • ख+

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ ट्रेड एक्सिलेन्स अवार्डबाट सम्मानित हुनुभएको छ । अध्यक्ष श्रेष्ठलाई भारत स्थित पश्चिम बंगाल व्यापार संघहरुको महासंघ कण्फिडिरेसन अफ वेस्ट बेँगाल ट्रेड एशोसियनले सम्मान गरेको हो ।

कण्फिडिरेसन अफ वेस्ट बेँगाल ट्रेड एशोसियनका अध्यक्ष सुशिल पोदर, महासचिव राजेश भाटिया, कोषाध्यक्ष प्रदिप लुहारवाला र संयोजक सन्दिप कुमार अग्रवालद्वारा संयुक्त रुपमा हस्ताक्षरित उक्त सम्मान पत्रमा नेपाल भारत मित्रताको लागि श्रेष्ठले खेल्दै आएको भूमिकाको मुल्यांकन गर्दै उक्त सम्मान समर्पण गरिएको खुलाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्