तनहुँ । भानु नगरपालिका–१२, बयापानीस्थित लालीगुराँस आमा समूहले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि रु. ११ हजार ७ सय सहयोग गरेको छ।
विपद्को समयमा पीडितलाई सहयोग पु¥याउने उद्देश्यले समूहले नेपाल सरकारको राहत तथा उद्धार अभियानमा उक्त रकम प्रदान गरेको हो। समूहले सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ।
समूहले विपद्बाट प्रभावित परिवारको पीडा कम गर्न समाजका सबै पक्षले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिएको छ। समूहका अनुसार कठिन परिस्थितिमा गरिने सानो सहयोगले पनि पीडितका लागि ठूलो राहत र आशा प्रदान गर्न सक्छ।












