व्यास ११ मा युवाहरुद्वारा खाध्यान सहयोग

  • ख-
  • ख+

तनहूँ । नेपालीकोहरुको महान चाड बडा दशैको अवसरमा व्यास ११ का युवाहरुले खाद्यान्न सहयोग गर्नुभएको छ । ब्यास नगरपालिका वडा नंं. ११ शेरामा बसोवास गर्ने ७ जना परिवारको लागि प्रति परिवार २० किलो चामल, १ क्रेट अण्डा, १ जम्बो कोक, ४ पोका तोरिको तेल, ३ किलो चिउरा, ३ आलु , ६५० ग्राम मसला र नगद ७ सय रुपैयाका दरले बितरण गरिएको छ ।
उक्त सहयोग गर्नका लागि विभिन्न व्यक्तिहरुले सहयोग गर्नुभएको थियो । सहयोग गर्ने व्यक्तिहरुमा सन्तोष कैनी ५ बोरा चामल, कौसिला पौडेल नेपाल र सुनिल नेपाल १४ लि तेल ,अमृत पन्थीबाट ३५ सय रुपैया, बिशाल अधिकारीबाट ५ ओटा कुखुरा, श्रबण कट्टेलबाट ३ हजार रुपैया,अमर पन्थीबाट २ हजार रुपैया, दिल ब दरैबाट १ बोरा चिउरा, थापा दाईबाट २ ओटा कुखुरा, रमेस आचार्यबाट १४ सय सुरज श्रेष्ठबाट ७ जम्बो कोक, भरत पराजुलीबाट २१ किलो आलु , सुमन पौडेल सुमन राज पौडेल र शिबजि कट्टेल १ बाक्सा अण्डा प्रदान गर्नुभएको थियो ।
अहिले ब्यास ११ शेराको जम्मा ७ परिवारलाई मात्र सहयोग गर्न सकियो , कोहि छुट्नु भएको भए फेरि सहयोग गर्ने छौ उक्त अभियानका अभियानकर्ता भानुभक्त सोतीको भनाई रहेको छ ।
उक्त सहयोग कार्यक्रममा अपाङ्ग र एकल महिला समेट्ने गरि दशैलाई मध्यनजर गरि खाद्यान्न् सहयाग उपलब्ध गराईएको उहाँहरुको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्