अनेमसंघ तनहूँको अध्यक्षमा सविता रसाईली चयन

  • ख-
  • ख+

तनहूँ । नेकपा ओली समुह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) तनहुँको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । अनेमसंघकी पूर्व उपाध्यक्ष तथा संविधानसभा सदस्य टुका हमालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना भएको थियो । उक्त भेलाले सविता रसाईलीको अध्यक्षतामा अनेमसंघ तनहूँको नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भगवती देउजा र सचिव बसुन्धरा घर्ति चयन हुनुभएको छ । उक्त कार्यकर्ता भेलाले १०१ सदस्यिय आयोजक कमिटी गठन गरेको छ ।

नवनियुक्त सचिव बसुन्धरा घर्तिले संचालन गरेको कार्यक्रममा निवर्तमान सांसद केदार सिग्देल, राष्टिय सभाकी सांसद भगवति न्यौपाने लगायतका महानुभावहरुले महिलाहरु एकजुट भएर बिकास निर्माण अगाडि बढ्नुपर्ने बताउनुभएको थियोे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्