तनहुँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि नेपाली कांग्रेस म्याग्दे गाउँपालिकाले रु. ५१ हजार १ सय ११ आर्थिक सहयोग गरेको छ।

विपत्तिमा परेका नागरिकको पीडामा साथ दिने उद्देश्यले कांग्रेस म्याग्दे गाउँपालिकाको तर्फबाट उक्त रकम सहयोग गरिएको हो। बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको दुःखमा मलम लगाउन मानवीय सहयोग आवश्यक रहेको भन्दै कांग्रेस म्याग्देले सहयोगलाई निरन्तरता दिने जनाएको छ।

यसैबीच, दिवंगत आत्माको १३औँ पुण्य तिथिको अवसरमा चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

कांग्रेस म्याग्देले हाल गरिएको रु. ५१ हजार १ सय ११ को सहयोग सुरुवात मात्र भएको जनाउँदै पीडित परिवारको आवश्यकता र परिस्थितिलाई हेरेर थप सहयोग गर्न सकिने प्रतिबद्धता जनाएको छ।