तनहुँ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिकको राहत र क्षेत्रको पुनर्निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ।

यसैक्रममा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित पोस्तक वारी सालघारी सामुदायिक वन उपभोक्ता समितिले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

बाढी आएको १३औँ दिनको पुण्यतिथिका अवसरमा समितिले आज सोमबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको अध्यक्ष खड्का बहादुर गुरुङले जानकारी दिनुभयो।

समितिले प्रभावित नागरिकलाई राहत तथा प्रभावित क्षेत्रको पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरेको जनाएको छ।

साभार: शुक्लागण्डकी एफ् एम् ९७.६