संसदीय समितिका सभापतिहरू गाडि मोह :सबै सेवा सुविधा रोकिए पनि गाडि फिर्ता भएनन्

  • ख-
  • ख+

सबैलाई नैतिकताको पाठ पढाउने दावा गर्ने , देश र जनताको लागि राजनिति गर्ने गरेको दावा गर्ने विषयगत समितिका सभापतिहरूले सचिवालयले उपलब्ध गराएको सवारी साधन अझैँ फिर्ता गर्नु भएको छैन ।

उक्त समितिका सभापतिहरूमा ८ वटा समितिका सभापति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी अन्र्तगतका माननियहरु हुनुहुन्थ्यो भने उद्योग समितिको सभापति राष्ट्रिय जनता पार्टी , लेखा समितिको सभापति नेपाली कांग्रेसले पाएको थियो ।

तनहूँ । नेपालका राजनितिक दलका नेताहरुले भनेर कहिल्यै नथाक्ने कुरा हो हामीले राजनिति गरेको जनताको लागि हो, जनताको लागि मर्न मार्न जे गर्न पनि तयार हुन्छौ तर तिनै नेताहरुले आफ्नो पद गुम्दा पनि आफुले जनताको करबाट चढेको गाडि नछोड्दा ति त सब् भन्ने कुरा न हुन् भनेर जनताले सजिलै अनुमान गर्ने भएका छन् ।
बहिर देखाउन नैकिकताको कुरा गर्ने जनताको लागि राजनिति गरेको कुरा गर्ने तर भित्र भित्र जनताको रगत र पसिनामा तर् मार्ने नेताहरु त कति हो कति । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरि निर्वाचनको घोषणा गरेपश्चात प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समिति पनि स्वतः विघटित भएका छन् । प्रतिनिधि सभा विघटनसँगै सांसद् र विषयगत समितिका सभापतिहरूको सुविधा पनि खोसिएको छ । तर सबैलाई नैतिकताको पाठ पढाउने दावा गर्ने , देश र जनताको लागि राजनिति गर्ने गरेको दावा गर्ने विषयगत समितिका सभापतिहरूले सचिवालयले उपलब्ध गराएको सवारी साधन अझैँ फिर्ता गर्नु भएको छैन ।
उक्त समितिका सभापतिहरूमा ८ वटा समितिका सभापति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी अन्र्तगतका माननियहरु हुनुहुन्थ्यो भने उद्योग समितिको सभापति राष्ट्रिय जनता पार्टी , लेखा समितिको सभापति नेपाली कांग्रेसले पाएको थियो ।
सर्वोच्च अदालतमा विचाराधिन नै सहि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको आइतबार ४२ दिन पुगेको छ । प्रतिनिधिसभा विघटनसँगै प्रतिनिधिसभाका सदस्यहरूको सांसद्का हैसियतले सरकारले उपलब्ध गराउदै आएका सेवा सुविधा पनि खोसिएका छन् । तर १० वटा विषयगत समितिका सभापति मध्ये महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले भने पुस १० गते नै गाडी फिर्ता गरिसकेपनि अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेल र सार्वजनिक लेखा समितिका सभापति भरत शाह, कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति बिमल श्रीवास्तव, कृषि सहकारी तथा प्राकृति श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का र अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले गाडी फिर्ता गर्र्नुभएको छैन । ति मध्ये कति नेतागणहरु प्रधानमन्त्रीको कदम बिरुद्ध सडक आन्दोलनमा गएको हुनाले सोहि गाडिमा इन्धन हालि निस्फिक्री चढेर हिडिरहनुभएको छ अनि मन्चमा चढेर नैतिकताको पाठ पढाईरहनुभएको छ । यसरी वहाँहरुको भाषण सुन्दा लाग्दछ नैतिकता जनताले वहाँहरुलाई जिताएर मात्र देखाउनुपर्छ नेताले त जे गरेपनि हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्