मुख्यमन्त्री गुरुगंद्धारा नगर अस्पताल भवनको शिलन्यास

  • ख-
  • ख+

तनहूँ । नेपाल सरकारले देशैभरि पालिकाहरुमा एक साथ अस्पतालहरु निर्माण कार्यको शुरुवात गरेको थियो ति मध्ये तनहूँ जिल्लाको भानु नगरपालिकामा पुरानडिहि नगर अस्पताल भवन शिलान्यास कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बिच उक्त अस्पतालको शिलन्यास गर्नुभएको छ । उक्त अवसरमा मुख्यमन्त्री गुरुङले ”जनताको मत नै निर्णायक हुने भएकोले अरु दल चुनावमा लड्न किन डराएका छन् आफुहरुले बुझ्न नसकेको बताउनुभएको थियो ” । साथै वहाँले ” प्रचण्ड र माधब नेपाल काग जस्तो हुन् के पि ओली कोईली जस्तो भएकोले दुवैलाई माथ ख्वाएको ” बताउनुभएको थियो ।

उक्त अवसरमा विशिष्ठ अतिथि निवर्तमान सांसद कृष्ण कुमार श्रेष्ठ (किसान ), गण्डकी प्रदेश माननीय राम बहादुर गुरुङ , डोबाटे वि. क., तनहुँ जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, भानु नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राजेन्द्र देव पाण्डे लगायतका महानुभावहरुको उपस्थिति रहेको थियोे ।

डाक्टर सुगम प्रधानले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम भानु नगरपालिका बरिष्ठ अधिकृत सुनिल पाण्डेले संचालन गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्