तनहूँका श्रेष्ठ नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय सदस्य चयन

  • ख-
  • ख+

तनहूँ । चेम्बर अफ कमर्श तनहुँका द्वितिय उपाध्यक्ष कविराज श्रेष्ठ उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्य चयन हुनुभएको छ । राजधानीमा सम्पन्न भेलामार्फत वहाँ केन्द्रीय सदस्यमा चयन हुनुभएको हो ।

” जिम्मेवार व्यवसायी बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता लगानीको सुनिश्चता र रोजगारीको श्रृजना आजको आवश्यकता ” भन्ने मुल नाराका साथ फागुन ३ गते सोमवार दिन प्रज्ञा भवन, कमलादी , काठमाण्डौमा नेकपाका अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री के पी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना भएको थियो ।

सदस्यमा नवनिर्वाचित सदस्य श्रेष्ठ दमौलीको व्यवसायी हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्