पोखरा । नेपाली कांग्रेसले जिल्ला सभापतिहरू र जिल्ला प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिएको छ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७७ जिल्ला सभापतिहरू र प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिने व्यवस्था गरेको हो।

सभापति शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको मंगलबार उद्घाटन गरेका हुन्।

कांग्रेसले संगठन सुदृढीकरण, समसामयिक सन्दर्भमा प्रशिक्षण दिएको हो। प्रशिक्षण बुधबारसम्म चल्नेछ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायत पदाधिकारी तथा विज्ञहरूले प्रशिक्षण दिने कार्यक्रम छ।

यसअघि कांग्रेसले पोखरामै प्रदेश सभापतिहरू र प्रदेश प्रशिक्षण विभाग प्रमुखहरूलाई प्रशिक्षण दिएको थियो।