तनहुँको शुक्लागन्डकी नगरपालिकाको बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुका मिन बहादुर थापा बिजयी भएका छन् मंगलबार भएको निर्वाचनमा थापाले १२८ मत पाई बिजयी भएका छन् थापा अनेरास्ववियु अखिल क्रान्तिकारीको संयुक्त प्यानलका उम्मेदबार हुन् नेविसंघका उम्मेदबार एजिना महतले १०५ मत पाइन्

सचिवमा अनेरास्ववियु क्रान्तिकारीकी विनिता भण्डारी ११६ मत पाइ बिजयी भइन् सचिवमा नेविसंघका सुनिल लामिछाने १०९ मतपाएका थिए त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकी पुष्पा खड्का १४५ मत पाइ बिजयी भइन् कोषाध्यक्षमा नेविसंघकी रस्मिता कार्कीले ८७ मत पाएकी थिइन् सदस्यमा अनेरास्ववियुका अविजित लम्साल अञ्जली विक, अनेरास्ववीयु क्रान्तिकारीका निराज भण्डारी, नेविसंघकी प्रतीक्षा गिरी स्वस्तिका सिग्देल बिजयी भएका छन्