भगौडा र डरछेरुवाले जिताएको उद्योग वाणिज्य संघ तनहूँको चुनाव

  • ख-
  • ख+

(समाचार लेखिरहदाको नतिजा बैकुण्ठनाथ मिश्रः १४६ पविन्द्रकुमार श्रेष्ठः१४४)

नेपालमा चाहे टोलको चुनाव होस् कि संसदको चुनाव होस् या त व्यापारीहरुको चुनाव होस् निकै रमाईलो दृश्य देख्न पाईन्छ । त्यस्तै दृश्य देख्न पाईयो तनहूँ उद्योग वाणिज्य संघको निर्वाचनमा पनि । निर्वाचन हुने मिति घोषणा नहुदाँदेखि नै अरु पदहरु तपसिलका पद भए पनि सबैको आँखा अध्यक्ष पदमा नै थियो । कोहि कोहिले च्याँखे थाप्न अध्यक्षको दावा गरेपनि सबैलाई थाहा थियो पौषमा हुनुपर्ने रोकिएको निर्वाचनमा प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र र पूर्व महासचिव एवं आमन्त्रित जिल्ला सदस्य पविन्द्र कुमार श्रेष्ठका बिच सिधा टक्कर हुनेछ । हुनपनि त्यस्तै भयो दुवैजना अध्यक्ष पदको उमेदवारी दिन तम्तयार हुनुभयो । केन्द्रिय नेतादेखि स्थानिय नेताहरुले जति कोशिस गरेपनि कसैलाई हपाउन सक्नुभएन । पविन्द्रकुमार श्रेष्ठलाई साथ र हौसला दिने पूर्व पदाधिकारीको ठुलो समुह थियो भने केहि मानिसहरुले मिश्रलाई छोड्नु नै हुदैन है तपाईले भनेर निकै जोडबल गरिरहनुभएको थियो । सबैको साथ र हौसलाले अगाडि बढेका मिश्रलाई आफ्नै पार्टीले त्यतिबेला धोका दियो जतिबेला केन्द्रियस्तरका नेतादेखि स्थानिय नेताहरुले आफ्ना कार्यकर्तालाई रातभर फोन गरेर बैकुण्ठलाई साथ नदिन निर्देशनदिनुभएको अपुष्ट समाचारहरु बाहिर आयो ।
मतदान गर्न मतदान स्थलमा पुगेको बैकुण्ठ नाथ मिश्रका समर्थकहरु त्यतिबेला जिल्ल परे जतिबेला ”ल है हामी छौ तपाईको साथमा ” भन्नेहरुको नै अत्तो पत्तो नै भएन । मिश्रको समर्थनमा जानेहरुले कहाँ छन् हिजो बैकुण्ठको पक्षमा मत माग्न जानेहरु भनेर खोज्दा मैदानमा कोहि भेटिएनन् । कोहि मोवाईल स्विच अफ गरेर बस्न पुग्नुभयो, कोहि ” म पसल छोड्नै नसक्ने अवस्थामा छु ” भन्नुभयो , कसै कसैले बडो मुस्किल फोन उठाए पनि साउती मारेझै गर्दै ” ममाथि ठुलो दवाव आयो बैकुण्ठनाथ मिश्रको पक्षमा लाग्नै नसक्ने भए के गर्ने आफ्नो राजनीति पनि हेर्नु पर्यो नि ” भन्ने , कोहि कोहि ” कुरा अलि सिरियस छ फोनमा कुरा नगरौ, चुनाव जे होला होला पछि भेटेर कुरा गरौला, कुरा लामो छ ” भन्ने भनाई आएको खबर बाहिरिएको छ ।
केहि घण्टापछि मतगणना होला । जस्ले जिते पनि बधाई छ , तर कस्तो रहेछ माथिको दवाव ? कस्तो रहेछ अर्काको राजनीतिक व्यापारिक भविष्य दाउमा पारिदिएर जोगाउनुपर्ने आफ्नो राजनीति ? नतिजा कस्को पक्षमा जाला थाहा छैन तर हिजो दुलोमा लुकेकाहरु भोलि बिहानैको किरणसगै बैकुण्ठनाथ मिश्रको विजय भयो भने तिनै जुलुसको अग्रभागमा देखिनेछन् र भन्नेछन् ” हामीले दुलोभित्र लुकेर जिताएको हो , हामीले दवाव थेग्न नसकेर युद्ध मैदानबाट भागेर जिताएको हो , हामीले मोवाईल स्विच अफ गरेर जिताएको हो ।”
हुन त यसभन्दा अगाडीका तनहूँ उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्ना उमेदवारलाई हराउन भुमिका खेल्ने व्यक्तिहरुलाई विभिन्न विभुषणद्धरा सम्मानित गर्ने गरिएको थियो । यसपटक पविन्द्रकुमार श्रेष्ठको विजय भएभने युनिटीको जित मानिनेछ र नेपाली कांग्रेसको जित मानिनेछ कथंकदाचित दवाव दिनेवालाहरुले नचाहेको उमेदवार बेैकुण्ठनाथ मिश्रको जित भयो भने एक्लो बैकुण्ठनाथ मिश्रको मेहनतको जित मानिनेछ र हार भयो भने भगौडा र डरछेरुवा सहयात्रीहरु भएको कारणले भएको हार मानिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्