तपाईहरु आँट्नुस् म पुर्याउछु भन्दै सांसद श्रेष्ठ

  • ख-
  • ख+


सांसद श्रेष्ठद्धारा दरै समाज भवन निर्माणका लागि रु १ लाख र आवश्यक जस्तापाता दिने, अरु निर्माण सामाग्री पनि कार्यक्रममा नै जुट्यो

तनहूँ । आँटे के हुदैन र भन्ने उदाहरण व्यास नगरपालिका वडा नं. ११ राँनीगाउँमा देखिएको छ । रानीगाउँ दरै समाजका सदस्यहरुले भवन सिलन्यासका लागि संघिय सांसद कृष्णकुमार श्रेष्ठ किसानलाई निम्त्याउदा भवन निर्माणका लागि आर्थिक तथा भौतिक सहयोगको जम्मा भएको छ ।
थोरैको संख्यामा राँनीगाउँमा रहेका दरैहरुका लागि भवनको अभाव भएको र रकमको अभाव हुदा हुदै पनि भवन सिलन्यासको लागि सांसदलाई बोलाएको बताएपछि सिलन्यास समारोहमा नै सांसद श्रेष्ठले १ लाख रुपैया र आफ्नो हार्डवेयरबाट उक्त भवनको लागि आवश्यक पर्नेे जस्तापाता दिने घोषणा गर्नुभयो । सांसद श्रेष्ठको यस्तो घोषणाबाट उत्साहित भएका अन्य अतिथि तथा स्थानियहरुले पनि राँनीगाउँको राँनीगाउँ दरै समाजको भवन निर्माणको लागि आवश्यक रकम तथा निर्माण सामाग्री दिने बचन दिनुभएको छ ।
आदिवासी दरै जातिले आफ्नो समाजको लागि भवनको आवश्यकता रहेको र जताततै माग गर्दा पनि उल्लेख्य आर्थिक सहयोग नपाएको कुरा सुनेपछि सहयोग गर्न मन लागेको सांसद श्रेष्ठले उक्त अवसरमा बताउनुभएको थियो साथै वहाँले दरै जातिको भवन निर्माणको लागि मात्र नभएर उक्त जातिको उत्थानको लागि आफु अहिले मात्र होईन सधै लागि रहने पनि बताउनुभएको थियो ।
यसरी सांसदलाई भेटघाटका लागि नित्याउदा भवन निर्माणको लागि आवश्यक आर्थिक सहयोग र सामाग्री पाउदा निकै खुशी लागेको उक्त अवसरमा दरै समाजका अध्यक्ष चित्र बहादुर दरैले बताउनुभएको थियो ।
उक्त अवसरमा राँनीगाउँ दरै समाजको भवनको पनि सिलन्यास गरिएको थियो ।

राँनीगाउँ दरै समाजको भवन निर्माणको लागि सहयोग गर्ने दाताहरुको नामावली र रकम तथा उपलब्ध गराउने सामाग्री निम्नानुसार छ:

सांसद कृष्णकुमार श्रेष्ठ किसान – १ लाख रुपैया र भवनका लागि आवश्यक जस्तापाता
माधब बहादुर पन्त – १० बोरा सिमेन्ट,
दिर्घ बहादुर दरै – १० बोरा सिमेन्ट,
रामबिलास पौडेल – रु १० हजार ,
बम बहादुर पोखरेल – १० बोरा सिमेन्ट,
कृष्ण अधिकारी – १० बोरा सिमेन्ट,
राजु पोखरेल – ५ बोरा सिमेन्ट,
मोहन श्रेष्ठ – १६ हजार बराबरको ब्लक,
श्रीप्रसाद गौली – ५ बोरा सिमेन्ट ,
एन्जल तिवारी – ५ बोरा सिमेन्ट,
बिष्णुप्रसाद पौडेल – ५ बोरा सिमेन्ट,
तिर्थ पौडेल – ५ बोरा सिमेन्ट,
तुलबहादुर सापकोटा – रु. ५ हजार,
बिष्णु प्रसाद गौली – १ टिप ढुगां ,
रामकृष्ण पौडेल – १ टिप ढुगा,
बिष्णु अधिकारी -१ टिप वालुवा,
चित्र बहादुर दरै – झ्याल ढोकाको चौकोस,
लिल बहादुर । मैया दरै – सिसा र खापा,
झलकराज पौडेल – १ टिप ढुगां गोपाल सुुर्खौली – ५ बोरा सिमेन्ट
कृष्णप्रसाद अधिकारी – सोलिगं ढुगां १ टिप /

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्