खेलकुद बिकास समिति तनहूँले पायो पदाधिकारी

  • ख-
  • ख+

तनहूँ । जिल्ला खेलकुद बिकास समिति तनहूँले लामो समयको अन्तराल पछि पदाधिकारी पाएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मातहत रहेको जिल्ला खेलकुद बिकास समिति तनहूँमा २ बर्षको अन्तरालपछि अनिल पाण्डे अध्यक्ष नियुक्त हुनुभएको छ । त्यसैगरि अन्य पदाधिकारीहरुमा पदम खाँड ठकुरी उपाध्यक्ष, तुलसीराम पाण्डे सचिव मनोनित हुनुभएको छ । आज एक कार्यक्रमका बिच सांसद कृष्णकुमार श्रेष्ठ किसान अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका अन्य पदाधिकारीहरुलाई मनोनयन पत्र हस्तान्त्रण गर्नुभएको हो । उक्त अवसरमा सांसद श्रेष्ठले पदाधिकारीहरुले खेलकुदको बिकासको लागि काम गर्नुपर्ने र तनहूँमा अन्तराष्टियस्तरको रंगशाला बनाउनको लागि बिशेष पहल गर्नुपर्ने त्यस्को लागि आफु र आफ्नो पार्टी लागिपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नवनियसक्त अध्यक्ष अनिल पाण्डेले लामो समयको अन्तरालपछि खेलकुदमा पदाकिारीहरु नियुक्त हुदा जिम्मेवारीसगै चुनौती बढेको पनि बताउनुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख तथा एस पि अरुण पौडेल, व्यास नगरपालिका वडा नं. ४ का अध्यक्ष विश्व न्यौपाने, खेलकुद बिकास समिति तनहूँका निवर्तमान अध्यक्ष ऋषिराम भुषाल, क्रिकेट संघ तनहूँका अध्यक्ष ताराराम श्रेष्ठ लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन टेवुल टेनिस संघ तनहूँका अध्यक्ष कविराज श्रेष्ठले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्