पार्टीलाई एकतावद्ध बनाई राख्न गण्डकीका ११ जिल्ला अध्यक्षको अपिल

  • ख-
  • ख+

तनहूँ । टुट फुट र समानान्तर कमिटि निर्माणको चरणबाट गुज्रिरहेको नेकपा एमालेलाई एकताबद्ध गराई राख्न गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला अध्यक्षहरूले संयुक्त वक्तव्य जारी गर्नुभएको छ । उहाँहरुले विज्ञप्तिमा पार्टीहरुमा आन्तरिक अन्तरविरोधहरु देखा परिरहेको र यो अन्तरसंघर्षले पार्टीलाइ क्षति पुर्याइ रहेको हामीले महशुस गरिरहेकोले आदरणिय नेताहरु एकतावद्ध भई पार्टीलाई जोगाउनु होला अपिल गरिएको छ । यसरी विज्ञप्ति जारी गर्ने नेकपा एमाले जिल्ला अध्यक्षहरुमा कृष्णबहादुर थापा कास्की, सुर्यप्रसाद शर्मा (पारस) स्याङ्जा, केदार सिग्देल तनहूँ, धनन्जय दवाडी लमजुङ, प्रेमबहादुर गुरुङ्ग गोरखा, पदम गिरी पर्वत, ईन्द्रलाल सापकोटा बाग्लुङ, हरिकृष्ण श्रेष्ठ म्याग्दी, चन्द्रमोहन गौचन मुस्ताङ, पाल्देन छोपेन गुरुङ्ग मनाङ्ग र रोशन गाहा नवलपुर हुनुहुन्छ ।
उहाँहरुद्धारा जारी प्रेस बक्तव्यः
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जिवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टी भित्र विगत वर्षहरु देखि आन्तरिक अन्तरविरोधहरु देखा परिरहेका छन् । यो अन्तरसंघर्षले पार्टीलाइ क्षति पुर्याइ रहेको हामीले महशुस गरिरहेका
छौँ।
कम्युनिष्ट पार्टीको इतिहास, आदर्श, मूल्यमान्यता र जनता प्रतिको जवाफदेहितालाइ आत्मासाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकतावद्ध भई नेकपा )एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं।

गण्डकी प्रदेश भित्रका जिल्ला अध्यक्षहरु

बहादुर थापा कास्की, सुर्यप्रसाद शर्मा (पारस) स्याङ्जा, केदार सिग्देल तनहूँ, धनन्जय दवाडी लमजुङ, प्रेमबहादुर गुरुङ्ग गोरखा, पदम गिरी पर्वत, ईन्द्रलाल सापकोटा बाग्लुङ, हरिकृष्ण श्रेष्ठ म्याग्दी, चन्द्रमोहन गौचन मुस्ताङ, पाल्देन छोपेन गुरुङ्ग मनाङ्ग र रोशन गाहा नवलपुर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्