निवर्तमान सांसद श्रेष्ठको पहलमा निर्माण रोकिएको पक्कि पुल निर्माण सूचारु हुदै

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. ९ मा पर्ने कवादी खोलामा मोटरेवल पक्की पुल निर्माण भईरहेको छ । आर्थिक बर्ष २०७२ । ७३ सालबाट निर्माण शुरु भई आर्थिक बर्ष २०७४ । ७५मा सम्पन्न गर्नुपर्ने उक्त पुल हालसम्म पनि सम्पन्न नभएपश्चात तनहूँ जिल्ला क्षेत्र नं. १ का निवर्तमान संघिय सांसद कृष्णकुमार श्रेष्ठ किसानको बिशेष पहलकदमीमा रोकिएको निर्माण कार्य पुन सूचारु भएको हो । निवर्तमान् सांसद श्रेष्ठले उक्त पुल निर्माण रेखदेखको लागि आफ्ना निजी सचिव जगत खड्कालाई खटाउनुभएको छ । लामो समयसमम पुल निर्माण नहुदाँ जनतालाई समस्या परिरहेको र बिकास निर्माणको काम पनि रोकिएको हुनाले आफ्ना निजी सचिवलाई नै प्रयत्क्ष रेखदेखमा खटाएर पुल सम्पन्न गर्नेतर्फ आफु लागेको निवर्तमान् सांसद श्रेष्ठको भनाई रहेको छ ।

३ करोड ७५ लाख रुपैयाको लागतमा निर्माण हुन लागेको उक्त पुलको ठेक्का काठमाण्डौको हिरा एण्ड नमिता कम्पनीले जिम्मा लिएको थियो । कोरोनाको महामारी र लकडाउनको समयमा सम्पूर्ण सावधानी अपनाउदै तिथब्र गतिमा कामहरु भईरहेको र अब चाडै नै ढलान सम्पन्न हुने उक्त कार्यको निरिक्षण गरिरहनुभएको प्राविधिक ईन्जिनियर नविन कडेंलले बताउनुभएको छ ।
मादी मरस्यागीं मार्ग अन्र्तगत पर्ने ३१ मिटर लम्बाई र ११ मिटर चौडाईको उक्त पुल निर्माणमा ढिलाई भएपश्चात पुन निर्माण भईरहेको र उक्त पुलको निर्माण पश्चात तनहूँ जिल्लाको उपल्लो भेगका बासिन्दालाई यातायातमा सहज हुने स्थानियको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्