दमौलीका विद्युतका पोलमा भएको आगलागीको सम्बन्धमा राष्ट्रिय युवा संघ नेपाल व्यास नगरद्धारा ज्ञापन पत्र पेश

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीले जेष्ठ १५ साँझपख व्यास नगरपालिका वाड नंं २ सफासड़कमा पोलहरुमा भएको आगलागीका बारेमा व्यास नगरपालिकालाई ध्यानार्कषण गराउदै ध्यानार्कषण पत्र पेश गरेको छ । राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीका संयोजक कृष्णकुमार श्रेष्ठ र सह संयोजक अजित पन्थको टोलीले व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने उक्त ध्यानार्कषण पत्र हस्तान्तरण गर्नुभएको हो ।

उक्त ध्यानार्कषण पत्रमा दमौलीको व्यस्त बजारभित्र यस्ता खाले पटक पटक घटेका घटनाले नगरबासीलाइ सधै त्रसित बनाइरहेको छ । नगर भित्र यसरी बिजुलीको पोलहरुमा अस्तव्यस्त तारहरु राखिदा स्थानीय सरकार चुप लागेर बस्नु , विद्युत प्राधिकरण केहि नबोल्नु, आगलागी भएको आधा घण्टासम्म पनि नजिक रहेको दमकल उपलब्ध नहुनुले अत्यन्तै हेलचक्रयाई गरेको जस्तो देखिन्छ । बजारको स्वरूप नै कुरुप हुने गरि तारहरु टॉगिदा व्यास नगरपालिका किन मौन छ र पटक पटक अवाज उठाइरहदा किन सुनुवाई हुदैन ? यसको तत्काल समाधान नखोज्ने हो भने भविष्यमा मानबिय क्षती र अझै ठुलो दुर्घटना हुने निश्चित छ । यसरी अव्यस्थित रुपमा बिजुलीको पोलमा रहेका तारहरु हटाई नगरबासीको अबिलम्ब जिउधनको सुरक्षा र त्रासपूर्ण रहित दमौली बजारमा नगरबासीहरुले हिड्ने बाताबरण बनोस सम्बन्धित निकायको ध्यान जाओस यस कार्यमा राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटी पूर्ण रुपमा सहयोग गर्न तयार रहेको जानकारी गराउदै तत्कालै यसको समाधान खोज्नको निमित्त हामो संघले जोडदार माग गर्दछ भनिएको छ ।

संयोजक श्रेष्ठ र सह संयोजक पन्थको टोलीले यसै व्याहोराको ध्यानार्कषण पत्र नेपाल विद्युत प्राधिकरण, बिद्युत वितरण केन्द्र तनहूँलाई पनि हस्तान्तरण गरेको छ साथै उक्त अवसरमा ” आफुहरुले पत्रमा उठाईएका कुराहरु अति नै संवेदनशिल कुराहरु भएको हुनाले चाडै नै सम्बोधन गर्न आग्रह गरेको र पत्र बुझ्दै उहाँहरुले चाडै नै सम्बोधन गर्ने बताउनुभएको ” राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीका संयोजक कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्