जापानको टोकियोमा खिचिएको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

  • ख-
  • ख+

रोजगारीको सिलसिलामा जापानमा रहनुभएका नेपालीहरुले निर्माण गरेको म्युजिक भिडियो आज सार्वजनक गरिएको छ । पवन राना मगरको स्वरमा ”चोखो मायामा” बोलको बिनम खत्रीको शब्द रहेको छ भने उक्त गीतमा मनराज गुरुगं (दौतरी व्याण्ड, तनहूँ , दमौली) ले संगीत दिनुभएको छ ।

जापानको राजधानी र संसारकै सुन्दर शहरमध्येको १ शहर टोकियोमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा योक्रिस सुवेदी प्रकाश भण्डारी, सुरक्षा भण्डारी, राम खत्री, अरुणा थापा र टेक गुरुगंको अभिनय रहेको छ । गोविन्द बिष्टले छायांकन तथा सम्पादन गरेको उक्त भिडियोलाई संगीतकार स्वयं मनराज गुरुगंले निर्देशन गर्नुभएको छ ।

”सुनिरहँ जस्तो स्वर र शब्द रहेको गीतलाई जापानको सुन्दर नगरी टोकियोका दृश्यले झनै उत्कृष्ट बनाएको कारणले पनि दर्शकको राम्रो साथ पाउने विश्वास आफुहरुको रहेको” गीत सार्वजनिक निर्देशक मनराज गुरुगंले बताउनुभएको थियो ।
सूर्य खड्काको यु्ट्युव च्यानल मात्र सार्वजनिक गरिएको गीतले सफलता पाए पश्चात आफुहरु अझै मेहनतका साथ अर्को भिडियो पनि निर्माण गर्ने उक्तअवसरमा बताईको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्