कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ४ लाख ३० हजार

  • ख-
  • ख+

काठमाडौं । नेपालभर मंगलबारसम्म कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड लगानेको संख्या ४ लाख २९ हजार ७०५ पुगेको छ । नेपालको कुल जनसंख्याको १.४ प्रतिशतले खोप लगाइसकेको स्वास्थ्य सेवा विभागको भनाईरहेको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म सञ्चालन भएको थियो । उक्त खोप अभियानमा १ लाख ८५ हजार ८६५ जना स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शववाहन चालकले खोप लगाउनुभएको थियो ।
दोश्रो चरण अन्र्तगत माघ २६ देखि ३० गतेसम्म कुटनीतिक नियोगका कर्मचारी र पत्रकार गरी ३ हजार ४८० जनाले खोप लगाउनुभएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

पछिल्लो समय फागुन २ देखि १० गतेसम्म नापी, जिल्ला प्रशासन कार्यालयलगायतमा काम गर्ने निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी गरी २ लाख ४० हजार ३६० जनाले खोप लगाईको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्