तनहुँ । भानु नगरपालिका–८, तल्लोटारस्थित स्वतन्त्र आमा समूहले राष्ट्रिय विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि रु. २० हजार सहयोग गरेको छ।
समूहले विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।
विपद्को समयमा पीडित नागरिकको साथमा रहँदै मानवीय सेवामा योगदान गर्ने उद्देश्यले समूहले आर्थिक सहयोग गरेको जनाएको छ। समूहले आफ्नो तर्फबाट गरिएको सहयोगले विपद्मा परेका परिवारको राहतमा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।















