दमौली । व्यास नगरपालिका–४ स्थित संगम टोल विकास संस्थाले तीजको दर खाने तथा सांस्कृतिक कार्यक्रम स्थगित गरी बाढीपीडितका लागि रु. ५० हजार १५५ सहयोग गरेको छ।

भदौ २१ गतेका लागि तय गरिएको कार्यक्रम विपद्का कारण स्थगित गर्दै त्यसका लागि छुट्याइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ।

विपद्को समयमा उत्सवभन्दा पीडित नागरिकको राहत र उद्धार महत्वपूर्ण रहेको भन्दै संस्थाले कार्यक्रम स्थगित गरी उक्त रकम सहयोग गरेको हो।