तनहुँ । भानु नगरपालिका–४ स्थित गोगनपुर आमा समूहले विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि रु. ६ हजार ३ सय आर्थिक सहयोग गरेको छ।
समूहले विपद्का कारण पीडित बनेका नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।
विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले गरिएको यो योगदान रकमका हिसाबले सानो भए पनि मानवीय भावनाका दृष्टिले महत्वपूर्ण रहेको छ।
मानवीय सेवामा साथ दिँदै सहयोग गर्ने गोगनपुर आमा समूहका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ। समूहको सहयोगले विपद्मा परेका नागरिकको पीडामा केही भए पनि मल्हम लगाउने विश्वास गरिएको छ।















