दमौली । क्षेत्रीय होटल संघ दमौली बजार इकाईको अध्यक्षमा बालकृष्ण आले पुनः सर्वसम्मत चयन भएका छन्। संघको १७औँ साधारणसभा तथा अधिवेशनबाट आलेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा देवी थापा, सचिवमा विजया थापा, सहसचिवमा लक्ष्मण थापा र कोषाध्यक्षमा बिन्दु सेढाईँ चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा सावित्री कैँडेल, सुन्तली दैरे, चनु थापा, माया दैरे, मीनबहादुर आले र दिलमाया मगर चयन भएका छन्।
साधारणसभा तथा अधिवेशनमा होटल व्यवसायीहरूको हकहित, व्यवसाय प्रवर्द्धन तथा दमौलीको पर्यटन विकासका विषयमा छलफल गरिएको थियो। व्यवसायीहरूले भोग्दै आएका समस्या समाधान, व्यवसायलाई थप व्यवस्थित बनाउने तथा पर्यटन प्रवर्द्धनका लागि संघले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइएको थियो।
पुनः अध्यक्षमा चयन भएका आलेले होटल व्यवसायीका समस्या समाधानका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले व्यवसायलाई व्यवस्थित र थप प्रवर्द्धन गर्दै व्यवसायीहरूको हकहित संरक्षणका लागि संघलाई प्रभावकारी रूपमा अघि बढाउने बताए।















