तनहुँ । म्याग्देका वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारी ‘अविचल आस्थामणी’ गण्डकी प्रज्ञा साहित्य सम्मान–२०८३ बाट सम्मानित भएका छन्।
साहित्य सिर्जना तथा साहित्यिक क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै अधिकारीलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला, खादा र सम्मानपत्रसहित सम्मान गरिएको हो।
लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय अधिकारीले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको जनाइएको छ।
साहित्य क्षेत्रमा निरन्तर क्रियाशील अधिकारीलाई प्राप्त सम्मानले उनको साहित्यिक योगदानलाई थप प्रोत्साहन मिल्नुका साथै आगामी दिनमा सिर्जनात्मक यात्रालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।















