तनहूँबाट क्रिकेट खेलाडीहरु पोखरा प्रस्थान

  • ख-
  • ख+

तनहूँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत प्रदेश स्तरीय छनोट खेलमा भाग लिन तनहूँ जिल्लाबाट क्रिकेट खेलाडिहरु पोखरा जानुभएको छ । खेलाडीहरुलाई क्रिकेट संघ तनहूँका अध्यक्ष ताराराम श्रेष्ठले खेलाडिहरुलाई विजयी हुन शुभकामना दिदै बिदाई गर्नुभएको थियो । राजु गुरुङको कप्तानीमा रहेका टोलीमा १४ प्रत्यक्ष र ४ वैकल्पिक गरी १८ जना खेलाडीलाई प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत प्रदेश स्तरीय छनोट खेलमा भाग लिन तनहूँबाट सहभागी गराईएको छ । भोलि शनिवार गते स्याङ्जा जिल्ला र ५ गते आईतवार नवलपूर जिल्ला र ७ गते कास्की जिल्ला सग खेल्ने क्रिकेट संघ तनहूँका अध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिनुभएको छ ।
क्रिकेट टोलीको ब्यबस्थापक अर्जुनकुमार श्रेष्ठ र प्रशिक्षक अजित पन्थ रहनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्